पोखरा कप क्रिकेट: मदरल्यान्ड र कास्की मोर्डनाइज विजयी

पाेखरा | फागुन १३, २०८०

पोखरा कप क्रिकेट: मदरल्यान्ड र कास्की मोर्डनाइज विजयी

पोखरा:   पोखरा रंगशालाको क्रिकेट मैदानमा जारी एक्सपर्ट पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगितामा मदरल्यान्ड माध्यमिक विद्यालय र कास्की मोर्डनाइज विजयी भएका छन् ।


आइतबार पाचौं दिनको खेलमा मदरल्यान्डले बालमन्दिर माध्यमिक विद्यालय र कास्की मोर्डनाइजले छोरेपाटन माध्यमिक विद्यालयलाई पराजित गरेका हुन् । 


पहिलो खेलमा मदरल्यान्डले बालमन्दिरलाई २३ रनले पराजित गरेको हो । मदरल्यान्डले दिएको १२४ रनको लक्ष्य पछ्याएको बालमन्दिरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै मात्र एक सय रन मात्र बनाउन सक्यो । 


बालमन्दिरका सुन्दर मगर २३ र सुमन अधिकारीले २१ रन जोडेपनि टिमलाई जिताउन सकेनन् । बलिङमा मदरल्यान्डका अर्पित पौडेलले २ विकेट लिए । 


यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मदरल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२३ रन बनाएको थियो । 


मदरल्यान्डका दशरथ सुवेदीले सर्वाधिक २६ रन जोडे । सन्दीप विकले २२ र किरण पौडेलले १८ रनको योगदान दिए । बालमन्दिरका मदन ढुंगाना, आदित्य देवकोटा र सागर आचार्यले २–२ विकेट लिए । मदरल्यान्डका दशरथ सुवेदी प्लेयर अफ द म्याच घोषित भए । 


आइतबार नै भएको दोस्रो खेलमा कास्की मोर्डनाइजले छोरेपाटन माविलाई ४७ रनले पराजित गरेको हो । 


कास्की मोर्डनाइजले दिएको ११४ रनको लक्ष्य पछ्याएको छोरेपाटन मावि १३ ओभर ३ बलमा ६६ रनमा समेटिएको हो । छोरेपाटनलाई सस्तोमा समेट्न कास्की मोर्डनाइजका कप्तान सोहिल कुँवरले सर्वाधिक ४ विकेट लिए । नर्मत सुवेदीले ३ विकेट लिए । ब्याटिङमा छोरेपाटनका तिलोचन सुवेदीले सर्वाधिक १६ रन बनाए । अन्य ब्याटरले क्रिजमा टिकेर खेल्न सकेनन् । 


यसअघि पहिला ब्याटिङ गरेको कास्की मोडनाइजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११३ रन बनाएको थियो । कास्की मोडनाइजका लागि कप्तान सोहिल कुँवरले ६८ र मन्जित थापाले १४ रन जोडेका थिए । 


बलिङमा छोरेपाटनका प्रसान्त भण्डारीले ह्याट्रिकसहित ४ विकेट लिएका थिए । कास्की मोर्डनाइजका कप्तान सोहिल कुँवर प्लेयर अफ द म्याच चुनिए । 


बि बग ईभेन्ट्सको आयोजनामा तथा एक्स्पर्ट एजुकेसन एण्डा भिसा सर्भिस पोखराको प्रायोजनमा पोखरा रंगशालाको क्रिकेट मैदानमा जारी प्रतियोगितामा कास्कीका १२ विद्यालय सहभागी छन् । 


उपाधि प्रतियोगिताका विजेताले ८० हजार रुपैयाँ बराबरको क्रिकेट किट र उपविजेताले ४० हजार रुपैयाँ बराबरको क्रिकेट किटसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्